काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिएका छन् । शुक्रबार साँझ ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुती दिएका हुन् ।
उनी विश्वकै उत्कृष्ट डिजे ¥याङ्किको चौथो नम्बरमा परेका कलाकार हुन् । विश्वभरमा सय जना उत्कृष्ट डिजे रहने गरेका छन् ।
डीजे एलोक क्लबमा प्रस्तुति दिन विमान चार्टड गरेर आएका थिए । उनको नेपालमा मात्र नभइ भारतमा शो रहेकाले चार्टड गरेर आएका थिए ।
उनी रातको साढे १२ बजे स्टेजमा उक्लिए । दर्शकको आवाजले उनलाई पर्खिरहेको महसुस गराएको थियो । जब उनको प्रवेशसँगै क्लबको लाइटले घेरिए ।
क्लबले पहिलोपटक यो स्तरको कलाकार ल्याएको निर्देशक भुपेन कुँवरले जानकारी दिए । ‘पहिलोपटक कलाकार आफैँ विमान चार्टड गरेर आएका हुन्,’ उनले भने । डीजे एलोकको प्रस्तुति हेर्न दर्शकहरू उल्लेखीय मात्रामा थिए ।
आगामी दिनमा पनि थुप्रै अन्तर्राष्ट्रिय स्तरका कलाकार ल्याउने योजना रहेको कुँवरको भनाइ छ । यो शोले नेपालमा क्लबका पारखी, संगीत रहेको र अझ बढी पर्यटन क्षेत्रमा प्रोत्साहन गर्नसक्ने बताए । क्लबले डान्स फ्लोरको २ हजार र भीआइपीको ३ हजार रुपैयाँ राखेको थियो ।
यसअघि पनि एलओडीमा बलिउडका नेहा कक्कर, अर्मान मल्लिक र इण्डियन आइडल पवनदीप लगायतका कलाकारले प्रस्तुति दिइसका छन् ।
त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।
एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ४९,५२ र ५० औँ स्थानमा परिसकेको क्लब हो ।
युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५० औँ स्थानमा राखेको हो । सन् २०२५ को लागि क्लब नोमिनेसनमा परिसकेको छ ।
प्रतिक्रिया