काठमाडौं । विश्व अपाङ्गता शिखर सम्मेलन २०२५ को तयारी स्वरुप दुई दिने राष्ट्रिय अपाङ्गता सम्मेलन काठमाण्डौंमा सम्पन्न भएको छ ।
सम्मेलनले विश्व शिखर सम्मेलनका लागि नेपालको प्राथमिकताका सवाल पहिचान र यसका लागि नेपाल सरकार, विकासका साझेदार लगायत बिभिन्न सरोकारवालाहरूबाट यस सम्बन्धमा गरिने साझा प्रतिवद्धताका लागि आवश्यक अभिमुखिकरण र पैरवी गरेको छ ।
सो राष्ट्रिय सम्मेलनमा सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरूको हकअधिकार तथा उनिहरुको समग्र विकासका लागि प्राथमिकताका बुँदाहरु तयार पारेको छ ।
यसैगरी सो राष्ट्रिय सम्मेलनले अपाङ्गता भएका व्यक्तिहरूको लागि समावेशी शिक्षा प्रर्णालीको विकास र अपाङ्गताको विविधतालाई ध्यानमा राखेर आवश्यक पाठ्यक्रम तथा शैक्षिक सामग्र विकासमा प्रतिवद्धता जनाइनुपर्नेमा जोड दिए ।
साथै अपाङ्गता भएका व्यक्तिहरूको ब्यवहारिक र प्रबिधिक शिक्षाका लागि शिक्षकहरुको क्षमता अभिबृद्धी तथा आवश्यक साहायता सामाग्रीको उपलब्धताका लागि सरकारको प्रतिबद्धता आवश्यक रहेको औंल्याइएका छन् । यस्तै सम्मेलनले स्वास्थ्य सेवामा पहुँचको सुनिश्चितता तथा गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धिमा जोड दिए ।
सम्मेलनमा अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारका अवसरहरू निमार्ण गर्नका लागि आवश्यक शिप तथा क्षमता विकाश र बहुगत विभेदका कारण उत्पन्न समस्याहरूको समाधानका लागि नीतिगत प्रवन्ध गर्न साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए ।
यस्तै प्राकृतिक प्रकोप तथा विपदका समयमा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्न र विपदको समयमा राहत तथा पुनःस्थापना कार्यहरूमा अति सीमान्तकृत तथा न्यूनप्रतिनिधित्व रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
यसैगरि सम्मेलनलमा राष्ट्रिय कानुन तथा नीति निर्माण र निर्णय प्रक्रियामा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने लगायतका विविध सवालहरुमा जोड दिइएको छ ।
यस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामग्री, प्रविधि र सेवाको पहुँच सुनिश्चित गर्न लगायतका बिभिन्न सवालहरु छलफल गरिएको थियो ।
सवालहरुलाई अप्रलि २ र ३, २०२५ मा जर्मनीको बर्लिनमा आयोजना हुने शिखर सम्मलेसिनमा नेपालको साझा प्रतिवद्दताहरुको रुपमा प्रस्तुत गर्न सरोकारवाला, अधिकारकर्मी तथा अपाङ्गताका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुले जोड दिए ।
सम्मेलनको पहिलो दिन अपाङ्गता भएका ब्यक्तिका बिभिन्न सवालमा मनोसामाजिक अपाङ्गता भएका व्यक्ती , आदिवासी, दलित, जनजाति, मधेशी, मुस्लिम समुदायका अपाङ्गता भएका व्यक्तिहरु, यौंनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अपाङ्गता भएका व्यक्तिहरु लगायतका सम्पूर्ण न्यूनप्रतिनिधित्व रहेका अपाङ्गता भएका व्यक्तिहरुको सहभागितामा छलफल तथा अन्र्तक्रिया गरिएको थियो ।
यसैगरि कार्यक्रमको दोस्रो दिन नेपाल सरकारका विभिन्न निकाय तथा सरोकारवालाहरुसँग छलफल गरिएको थियो । कार्यक्रमको दोस्रो दिन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रि माननिय प्रदिप पौडेलले अपाङ्गता भएका व्यक्तीहरुको अधिकारका सवालमा आवश्यकता र प्राथमिकताका आधारमा उल्लेख्य मात्रामा काम गर्न नसकीएको भए पनि यसका लागि मन्त्रालय प्रतिवद्ध रहेको बताए।
साथैं यस्ता प्रकारका कार्यक्रमले सरकारलाई प्राथमिकता निर्धारण गर्न र सो अनुसार कार्यन्यनमा जान घच्घचाउने बताए । यस्तै मत्रालयले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य अधिकार र सहज स्वास्थ्य पहुँचका लागि योजनावद्ध रुपमा काम गरिरहेको समेत बताए । मन्त्रालयले अपाङ्गता भएका व्यक्तिहरुका लागि सेवा विस्तार र विमा कार्यक्रमलाई अझबढी प्रभावकारी बनाउन मन्त्रालय प्रयासरत रहेको बताए ।
यसै गरि आजको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय मावन अधिकार आयोगका, राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय महिला आयोग, आदीवासी जनजाती आयोगका सदस्य एवं प्रतिनिधि, तथा विकास साझेदारहरुमा सीविएम, सेभ द चिल्ड्रेन, जर्मन सहयोग नियोग (जीआइजेड), नर्वेजिया दुतावास, फिनल्याण्ड दुतावास, विश्व स्वास्थ्य संगठन, लगायतका प्रतिनिधिहरुको उपस्थिती थियो ।
दुई दिनसम्म सञ्चालन भएको सो राष्ट्रिय अपाङ्गता सम्मेलनले अपाङ्गता अधिकारका क्षेत्रमा क्रियाशिल संस्थाहरु दलित अपाङ्गता भएका ब्यक्तिहरुको संघ नेपाल (डिडान), कोशिश र राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ नेपाल (निडवानं)द्वारा संयुक्त रुपमा आयोजना गरेको हो ।
प्रतिक्रिया