Logo

Breaking News 1

पोखरा लेकसाइडस्थित जेब्राक्रसमै पार्किङ


१७ फाल्गुन २०८१, शनिबार  

230
Shares

पोखरा । केही दिन यता पुर्व राजा ज्ञानेन्द्र शाह पोखरालाई आधार क्षेत्र बनाएर आफ्नो गतिबिधि गरिरहेका छन् । आफ्नो श्रीमतीसहित पोखरामा रहेका पूर्व राजा ज्ञानेन्द्रले सपरिवार पोखराका धार्मिकस्थलहरु भ्रमण गरिरहेका छन् । पूर्व राजा पोखरामा नै रहेर आफ्ना गतिविधिहरु गरिरहेका बखत पोखरामा राजावादीहरुको गतिबिधि ह्वात्तै बढिरहेको छ ।

संबैधानिक राजतन्त्र र हिन्दू अधिराज्यको माग गरिरहेको राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा बिशाल प्रदर्शन गरेर शक्ति प्रदर्शन गरिरहेका छन् भने दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियानले आज पोखरामा बिशाल सभा गर्दैछन् ।

पछिल्लो समय नेपाली राजनीतिक नेताहरुलाई भेट नदिएको भारतले दुर्गा प्रसाईंलाई भेट दिएको छ । आज पोखरामा हुने बिशाल सभामा आफुले भारतमा गरेको उच्चस्तरीय राजनीतिक भ्रमणका बारेमा आफुले जानकारी दिने प्रसाईंले सामाजिक संजाल फेसबुकबाट जानाकारी दिईसकेका छन् ।

पछिल्लो समय नेपालमा राजा पुनस्र्थापित गराई छाड्ने कसम खाएका प्रसाईंले संबैधानिक राजतन्त्र र हिन्दु अधिराज्यका बारेमा आज कस्तो घोषणा गर्ने हुन? त्यो प्रतिक्षाको बिषय बनिरहेको छ । यसैबिच पूर्व राजा ज्ञानेन्द्र शाहले हाँकेको गाडी पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित जेब्रा क्रसमा पार्किङ्ग गरिएको भिडियो यति बेला सामाजिक संजालमा भाइरल भइरहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ८ : ४३ बजे