काठमाडौं । सँस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले सरकारले आर्थिक क्षेत्रमा आवश्यक निकास दिन नसकेको बताएका छन् ।
विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिलेको अवस्थामा देशको अर्थतन्त्रमा एउटा निराशा छाएको भन्दै यसमा सरकारले आवश्यक निकास दिन नसकेको जस्तो अनुभव भएको बताए ।
उनले भने, ‘अहिलेको अवस्थामा देशको अर्थतन्त्रमा एउटा निराशा छ । विशेषगरि व्यापारी साथीहरुमा र आम जनतामा केही निकाश दिन नसकेको जस्तो अनुभव भइरहेको छ । तर नेपालमा पनि आगामी दिनमा आर्थिक रुपमा क्रान्ति हुनेछ र भोलिका दिनमा व्यवसायीलगायत सबैको स्तर माथि उठ्ने छ ।’
यसको साथै, उनले बजेट बनाउने पूर्वसन्ध्याको अवस्थामा सबैको सुझाव अनुसार नै अगाडि बढ्ने बताए । उनले भने, ‘हामी बजेट बनाउने पूर्वसन्ध्यामा छौ । ६ महिनाको कार्यकालमा धेरै मान्छेहरुसँग भेट पनिभयो । के गर्नुपर्छ भनेर सोध्दै गर्दा धेरै सुझाव पनि आएका छन् । आगामी बजेटमा खेल्नुपर्ने भूमिका र पाएका सुझावहरुलाई लिएर अगाडि बढ्ने छु ।’
प्रतिक्रिया