काठमाडौ । आप्सा नेपालले आगो र इलेक्ट्रोनिक सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी आयोजना गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी आप्साले यहि चैत्र २४ र २५ गते काठमाडौंको दरवार मार्गस्थित होटल याक एण्ड यतिमा सम्मेलन तथा प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको हो ।
आगलागीको समस्या सामना गर्न समूदाय स्तरमा थप सचेतना र नविन समाधानहरू प्रवाह गर्ने उद्देश्यका साथ यस सम्मेलको आयोजना गरिएको आप्साले जनाएको छ । विज्ञप्तिमा लेखिएको छ,‘आगलागीको समस्या नेपालको प्रमुख चुनौतीहरू मध्ये एक हुन् ।
हरेक वर्ष आगलागीका घटनाहरूले जनधनको ठूलो क्षति पुरÞ्याउँदै आएको, जसको सामना गर्नका लागि सरकार तथा स्थानिय तहले गरेका प्रयास प्रभावकारी भएपनि समुदाय स्तरमा थप सचेतना र नवीन समाधानहरू प्रवाह गर्ने उद्देश्यका साथ यस सम्मेलको आयोजना गरिएको छ ।’
अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा सम्बन्धी ज्ञान, प्रविधि, सूचना, विचार, समाधानको आदान प्रदानका लागि सबै सुरक्षाकर्मी, सम्बन्धित कर्मचारीहरूलाई एउटै छानामुनि ल्याएर अन्तरक्रियाको मञ्च निर्माण गर्ने उद्देश्यको सम्मेलनको रहेको छ ।
साथै सरकारी अधिकारी र निजी कम्पनीहरूको ध्यानाकर्षण गर्ने र दैनिक सञ्चालनमा अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षाबारे सचेत गराउने,अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा व्यवस्थापनमा नियामक अनुपालन, मापदण्डहरू, र उत्कृष्ट अभ्यासहरू छलफल गर्न फोरम, अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा प्रविधिहरू र समाधानहरूमा नवीनतम प्रगतिहरू अन्वेषण गर्ने,अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा उद्योगमा प्रमुख चुनौती र अवसरहरू सम्बोधन गर्ने,स्थानीय समुदायहरूमा अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा उपायहरू र रोकथाम रणनीतिहरूबारे चेतना जगाउने लगायतका उद्देश्य पनि राखेर सम्मेलन गर्न लागेको आप्साले जानकारी दिएको छ ।
आप्साका अनुसार सम्मेलनले गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ७५३ नगरपालिका, अन्तर्राष्ट्रिय विशेषज्ञहरू, उद्योगका नेताहरू, तथा आगलागी तथा इलेक्ट्रोनिक सुरक्षासम्बन्धी विज्ञहरूलाई एकसाथ ल्याउने छ ।
प्रतिक्रिया