मुगु । बुधबार राती १२ बजे मुगु स्थित रारामा रहेको डाँफे होटेलमा आगलागी भएको छ । उक्त होटेलमा आगलागी हुँदा करोडौंको क्षती भएको जिल्ला प्रहरी कार्यालय,मुगुले जनाएको छ ।
आगलागीबाट होटेलका सबै भवन सहित ९४ वटा बेड विस्तारा, किचनका सरसामान सबै जलेर खरानी भएका छन् । मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । थप क्षतिको बिवरण आउन बाँकी छ ।
प्रतिक्रिया