नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस पार्टी अत्यन्त संवेदनशील र चलयमान पार्टी भएको दाबी गरेका छन् ।
सव. नेता महेन्द्रनारायण निधिको १०४ औँ जन्म जयन्तीको अवसरमा जनकपुरधाममा आयोजित समारोहमा बोल्दै नेता कोइरालाले देशमा विगत ३० वर्षदेखि भएको विकास कांग्रेसले नै गरेको दाबी गरेका छन् । देशभरिका २० वटा मेडिकल कलेज, २० वटा विश्वविद्यालय, २ लाख किलोमिटर बाटो, हातहातमा मोबाई फोन सबै कांग्रेसको देन रहेको नेता कोइरालाले बताए । यी सबै उपलब्धि कांग्रेसकै कारणले आएको भएपनि जनतालाई थाहा नभएको कारणले अब जनतालाई बुझाउने तर्फ लाग्न उनले पार्टीका नेता कार्यकर्ताहरुलाई सुझाव दिए ।
नेता कोइरालाले केन्द्रिय कार्यसमितिमा ४० वर्ष भन्दा मुनिका कोहि पनि नरहेका गुनासो गरे । उनले युवाहरुलाई स्वेदशमै बसेर रोजगार सृजना गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको औंल्याए । उनले १७ लाख हेक्टर कृषि योग्य भूमि रहेको यस भूमिको सही सदुपयोग गर्न सकेमा ४० करोड जनसङ्ख्यालाई खाद्यान्न आपूर्ति गर्न सकिने बताए । उनले स्थानीय वस्तुको ब्राण्डीङ गर्न सुझाव दिएका थिए ।
प्रतिक्रिया