रौतहट । नेपाल मगर संघको ४३ औँ स्थापना दिवसको अवसरमा रौतहटको चन्द्रपुर नगरपालीकाले एक दिन सार्वजनिक बिदा दिने भएको छ ।
चन्द्रपुर नगरपालीकाका नगर प्रमुख सन्जय काफ्लेले नगर प्रमुख स्तरिय निर्णय अनुसार सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन ।
नगरपालिकाले एक सूचना जारी गर्दै मिति २०८१÷११÷१५ गतेका दिन स्थानीय पर्व बिदा दिइएको सूचनामा भनिएको छ । उक्त दिन चन्द्रपुर नगरपालीका मातहातका सम्पुर्ण कार्यलयहरुमा सार्वजनिक बिदा दिएको नगर प्रमुख काफ्लेले बताए ।
उनका अनुसार बिदामा वडा कार्यालयहरू, विद्यालय, स्वास्थ्य संस्था तथा सङ्घ संस्थाहरू बन्द रहनेछन् । तर सो दिन नगर स्तरीय एस.इ.इ.को पुर्व तयारी परिक्षा निर्धारित समयमा हुने गरि सार्वजनिक बिदा दिइएको उनले जानकारी दिए ।
नेपाल मगर संघ रौतहटले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी थालेको छ । चन्द्रपुर नगरपालीका वडा न ४ का वडा अध्यक्ष रबि राना मगरका अनुसार यस वडामा मगर समुदायको बाहुल्यता रहेको छ ।
दिवसको अवसरमा उनीहरूले आफ्नो भाषा, कला, संस्कृति संरक्षणका लागि प्रत्येक बर्ष विविध कार्यक्रम गर्दै आएको उनले जानकारी दिए ।
प्रतिक्रिया