Logo

प्रदेश

बिहेको खर्च जोगाएर विद्यालयमा अक्षयकोष स्थापना 


१३ फाल्गुन २०८१, मंगलबार  

115
Shares

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका उपाध्यक्ष धर्मलाल गिरी र केन्द्रीय सदस्य ई. रचना सापकाटो विवाह बन्धनमा बाधिएका छन् । 

उनीहरुले गत फागुन ८ गते नेकपा एमाले केन्द्रीय कार्यालयमा पार्टि अध्यक्ष एबम प्रधानमन्त्री केपी ओलीलाई प्रमुख अतिथि बनाउदै प्रगतिशिल विवाह गरेका हुन् ।

गिरीले विहेमा अनावश्य खर्च गरेर पछि आफैलाई ऋनको भारी बोक्नु भन्दा सामान्य खर्चमा बिहे गरेको र बिहेमा बचेको पैसा सामाजिक कामको लागि अक्षयकोषको स्थापना गरेको बताए । 

यसैबीच गिरीले प्युठान नारिकोट स्थित श्री अमृत जीवन माध्यमिक विद्यालयमा रु १ लाख ११ हजार १ सय ११ रुपैयाका अक्षयकोषको स्थापना गरेका छन् ।  सो विद्यालयबाट गिरीले विद्यालय स्तरीय शिक्षा हासिल गरेका थिए ।

उक्त अखकोषबाट प्रत्यक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ११ : ३१ बजे