रामेछाप । मन्थली नगरपालिकाको तेस्रो मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जितेको छ ।
चिसापानीले मन्थली–१० चनखुलाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो । बुधबार मन्थलीमा भएको खेलमा चिसापानीले चनखुलाई २५–१९, २५–९ र २५–१२ ले हराएको छ । उपाधि सहित चिसापानीले नगद १ लाख रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता चनखुले नगद ७५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा मन्थली–७ भटौली तेस्रो भएको छ । उसले नगद ३० हजार रुपैँया ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा १४ वटा वडाका १४ टिमले भाग लिएका थिए ।
तेस्रो नगर कप अन्तर्गत भएको प्रथम महिला भलिबल कपको उपाधि भने मन्थली–७ भटौलीले जितेको छ । महिला तर्फको प्रथम हुने टोलिले नगद ५० हजार रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
महिला भलिबलमा उपविजेता भएको मन्थली–१३ फुलासीले नगद ३० हजार रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तेस्रो बनेको मन्थली–६ भलुवाजोरले नगद २० हजार रुपैँया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त छ । महिला तर्फको खेलमा ७ टिमले भाग लिएका थिए ।
विजयी टिम र खेलाडीलाई मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत लगायतले सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतिक्रिया