Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठक आज पनि, प्रधानमन्त्रीले भ्रष्टाचार निवारण विधेयक, २०७७ छलफलका लागि प्रस्तुत गर्ने



काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । दिउँसो १ बजेबाट सुरु हुने बैठकमा आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्ने अनुमति माग्ने र प्रस्तुत सम्भावित कार्यसूची छ ।

त्यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ७ : ५९ बजे