Logo

Breaking News 1

दुईवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् एजेन्डा



काठमाडौं । संघीय संसद अन्तर्गत आज विभिन्न दुईवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज कानून, न्याय तथा मानव अधिकार समिति बैठक बिहान ८ बजे बस्दै छ ।

बैठकमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि आज सिंहदरवारमा बस्दैछ । दिउँसो साढे ३ बजे बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ ।

यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको स्थगित गरिएको छ । दिनको १२ः२५ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ८ : ५० बजे