Logo

Breaking News 1

एमाले र कांग्रेसको सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकिकृत स्वरुप निर्माण हुनु हो : मन्त्री पौडेल




काठमाडौं । सञ्चारिका समूह नेपालले पत्रकार महासंघका नवनिर्वाचित पूर्व अध्यक्ष तथा सल्लाहकारहरुलाई स्वागत गरेको छ । बुधबार एक विशेष समारोहकाबीच सञ्चारिका समूहले नवनिर्वाचित पूर्व अध्यक्ष तथा सल्लाहकार निर्मला शर्मा, नितु पण्डित लगायतलाई स्वागत तथा ज्ञापन पत्र प्रदान गरेको हो ।

उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अहिले बनेको सरकारले आम नागरिकको अपेक्षाकृत ढंगबाट काम गर्न नसके कुनै पनि सरकारले काम गर्न नसक्ने बताएका छन् । उनले एमाले र कांग्रेसको सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनु भएको बताएका हुन् ।

उनले भने, ‘अहिले कांग्रेस र एमालेको सरकार बनेको छ । झण्डै दुई तिहाईको सरकार बनेको छ । यो सरकारले पनि आमनागरिकको अपेक्षाकृत ढंगबाट काम गर्न सकेन भने अब यो भन्दा बलियो फरक परस्थितीको अनुमान गर्न सक्ने र त्यसले रिजल्ट दिन सक्छ भनेर आशा गर्न सक्ने स्थिती हुँदैन । त्यसैले यो सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनु हो।’

साथै उनले राजनीतिक दल एकिकृत भैइसकेपछि काम गर्ने छुट नरहेको बताए । उनले यो सरकार पनि काममा असफल भए कस्ले गर्छ भन्दै प्रश्न गरे ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ५ : ५२ बजे