Logo

मुख्य समाचार

आफ्नो लागि नभैइ हाम्रो समाजको लागि राजनीति गर्नुपर्छ : शशाङ्क कोइराला



काठमाडौं ।  नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले आफ्नो लागि मात्र राजनीति नगरेर हाम्रो समाजको लागि आफूहरुले राजनीति गर्नुपर्ने बताएका छन् ।

बुुधबार स्वं राजनारायण श्रेष्ठको पहिलो स्मृति सभा तथा स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उनले विपी कोइरालाको जुन विचार छ त्यो विचारमा नै अडिक रहेर राजनीति गनुपर्ने बताएका हुन् ।

उनले भने, ‘जिवन हामीले  एक चोटी  पाउने  हो । तपाईंले  कसरी प्रयोग  गर्नुहुन्छ रु तपाईंको  परिचय तयसबाट  हुन्छ । मरीसकेपछि मान्छेले सम्झिन्छन् ।  आज विपी कोइरालालाई किन सम्झिन्छौं रु उहाँ करोडपति त हुनुहुन्थ्यो । विपीले आफ्नो लागि नभएर अरुको लागि आफ्नो  जिवन प्रयोग गर्नुभयो । तपाईं आफूबाट  निस्किएर गएपछि मात्र राजनीति सुरु हुन्छ ।  आफ्नै बारेमा मात्र चिन्ता गरेर गर्नुहुन्छ भने त्यस्तो  राजनीति चल्दैन । हाम्रो  समाज कस्तो  छ रु हजारौं वर्षदेखी चलिरहेको समाजको निरन्तरता हामीले दिने हो । विपी कोइरालाको  जुन विचार छ त्यो  विचारमा अडिग रहेर हामीले अगाडि बढ्नुपर्छ।’

साथै उनले आफ्नो लागि नभैइ अर्काको लागि राजनीति गर्नु नै  सबैभन्दा राम्रो  पक्ष भएको बताए । उनले जब अर्काको लागि गरिन्छ तब मात्र राजनीति सुरु हुने बताए ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  २ : ५६ बजे