Logo

विश्व

कजाकिस्तानमा अजरबैजान एयरलाइन्सको विमान दुर्घटना, ६७ यात्रु सवार



अक्ताउ, कजाकिस्तान  । कजाकिस्तानको अक्ताउ सहरमा बुधबार अजरबैजान एयरलाइन्सको एक यात्रुवाहक विमान दुर्घटनामा परेको छ। प्रारम्भिक रिपोर्ट अनुसार, केही हताहतीको सम्भावना रहेको बताइएको छ।

स्थानीय अधिकारीहरूका अनुसार, विमानमा ६७ जना यात्रु सवार थिए। विमानको दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट भइसकेको छैन।

समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीलाई उद्धृत गर्दै विमान बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै गरेको जनाएको छ। बाक्लो हुस्सुका कारण विमानको रुट परिवर्तन गरिएको थियो, र त्यसपछि दुर्घटना भएको बताइएको छ।

अजरबैजान एयरलाइन्सले हालसम्म विमान दुर्घटनाबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  २ : ४७ बजे