मकवानपुर । बागमती प्रदेश लिग फुटबल प्रतियोगिता बुधबारबाट सुरु हुने भएको छ ।
हेटौंडाको क्याम्पा–पिप्ले रंगशालामा हुने प्रतियोगितामा बागमती प्रदेशका ११ जिल्लाका लिग च्याम्पियन क्लबहरुले सहभागिता जनाउनेछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा मकवानपुर फुटबल संघको संयोजनामा लिगको आयोजना हुन लागेको हो ।
प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद दुई लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
लिगमा यो वर्ष मकवानपुरबाट पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लबहरु सहभागी हुनेछन् ।
प्रतिक्रिया