काठमाडौं । रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेबारी उपसभापति डीपी अर्यालले पाएका छन् । पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेकै सिफारिसमा अर्याललाई कार्यबाहक तोकिएको कार्यबाहक प्रवक्ता मनिष झाले बताएका छन् ।
कानूनी प्रक्रिया मिलाएर डीपीलाई जिम्मेवारी दिइएको पनि झाले बताए । रविको उक्त सिफारिसलाई सचिवालय बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
प्रतिक्रिया