Logo

खेलकुद

नेपाल बोसिया संघले मनायो ३३ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा बोसिया खेलकुद कार्यक्रम



काठमाडौं । नेपाल बोसिया संघले अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा बोसिया खेलकुद कार्यक्रम मनाएको छ । बिहीबार एक विशेष समारोहकाबीच उक्त कार्यक्रम मनाएको हो ।

कार्यक्रममा नेपाल बोसिया संघकी संस्थापक गोमादेवी पौडेलले पूर्ण र अति अशक्त भएका व्यक्तिहरुका लागि यो बोसिया खेल सञ्चालन गरिएको बताइन् । उनले जुन व्यक्तिहरु अरु खेल खेल्न सक्दैनन्, समाजमा रहेका हरेक व्यक्ति यो खेल खेल्न सक्ने भएकाले बोसिया खेलकुद आयोजना गरेको बताएकी हुन् ।

उनले भनिन्, ‘बोसिया सिपि मस्कुलर डिस्ट्रोपि सिबिअर इस्पाइनल, इस्पाइनल बेफिडा लगायतका पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुले  खेल्ने खेल हो । जो व्यक्तिहरु अरु खेल खेल्न सक्दैनन्, समाजमा रहेका हरेक व्यक्ति यो  खेल खेल्न सक्छन् बोसिया ।’

साथै, उनले बोसिया खेल ओछ्यानमा रहेर पनि खेल्न सकिने खेल भएको बताइन् । उनले केही गर्न नसक्ने व्यक्तिले समेत बोसिया खेल खेलेर मेडल जित्न सक्ने बताइन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ४ : ३५ बजे