Logo

खेलकुद

 सांसदहरुले खेले फुटसल



काठमाडौ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुबीच मंगलबकार मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ ।

मंगलबार काठमाडौँको भृकुटीमण्डपस्थित फुटसलमा १८औं संघीय संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।

प्रतिनिधि सभाको टिमको नेतृत्व गरेका सभामुख देवराज घिमिरेलेले १८ औं संसद सेवा दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आज मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको बताए ।

उनले सो खेल केवल खेल मात्र नभइ युवाहरुलाई खेलमा प्रोत्साहन गर्न मद्दत पुग्ने विश्वास व्यक्र गरे ।

उनले भने,संघीय संसद सेवा दिवस हो । स्थापना भएको १८ वर्ष पुगेको अवसरमा

सप्ताहव्यापी विभिन्न कार्यक्रम गरिरहेको छौं । त्यही कार्यक्रम अन्तर्गत आज फुटसल प्रतिनिधिसभा र राष्ट्रिय अर्को टिम भएर म्याच चलिरहेको छ । टिम क्याप्टेन प्रनिधिसभाको म छु  र उता राष्ट्रिय सभाको अध्यक्ष हुनुहुुन्छ । यो खेल केवल खेल मात्र होइन यसले युवाहरुलाई खालमा प्रोत्साहन गर्छ ।’

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १२ : २४ बजे