Logo

Breaking News 1

कोसी र गण्डकी प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराई भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ६ : २२ बजे