काठमाडौं । चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै छ । आईबार आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा ९ वटा एजेन्डामा छलफल हुने छ ।
कार्यसूचि अनुसार आयोगका एक उच्च कर्मचारीका अनुसार बैठकमा आर्थिक वर्ष २०८०÷८१ को कार्यप्रगति समीक्षादेखि शिक्षण संस्था गाभ्ने कार्यविधिसम्मका विषयमा छलफल हुने छ । त्यस्तै आयोगको लोगो स्वीकृति, प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन र आगामी आर्थिक वर्षको बजेट संशोधनबारे पनि छलफल हुने कार्यसूचीमा छ ।
बैठकमा छात्रवृत्ति सञ्चालन खर्चको मापदण्ड, शिक्षण संस्थाको स्वामित्व हस्तान्तरण र छात्रवृत्तिमा अध्ययन गरी बीचैमा पढाइ छाडेका विद्यार्थीका विषयमा समेत छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
प्रतिक्रिया