काठमाडौं । प्रभु हेलिकप्टर लिमिटेडले प्रिमियम मूल्यमा शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीको विशेष साधारणसभाको निर्णयअनुसार १०० अंकित मूल्यमा रु ५० प्रिमियम मूल्य थपेर १५० रुपियाँमा शेयर निष्कासन गरेको हो ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कम्पनी सञ्चालक समितिसमक्ष निवेदन दिनु पर्ने उल्लेख छ । उक्त शेयर संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
तोकिएको समयभित्र निवेदन पेश नभएमा उक्त शेयर अन्य लगानीकर्तालाई बिक्री गरिने कम्पनीले जनाएको छ । तोकिएको समयभित्र निवेदन पेश नभएमा अन्य लगानीकर्तालाई उक्त शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया