Logo

खेलकुद

चौथो बेङ्गाडावर गोल्ड कप कार्तिक अन्तिमदेखि हुने


११ कार्तिक २०८१, आइतबार  

69
Shares

काठमाडौं । धनुषा जिल्लाको मिथिला नगरपालिकामा ठूलो धनराशिको  आयोजनामा हुँदै आइरहेको बेङाडावर गोल्ड कप चौथो संस्करणको फुटबल प्रतियोगिता कार्तिक अन्तिमदेखि हुने भएको छ ।

मिथिला नगरपालिका–२, लालगढस्थित सासन चौदीको खेलमैदानमा हुने प्रतियोगितामा १० वटा क्लबहरुको सहभागिता रहने अपेक्षा गरिएको बेङाडावर युवा क्लबका अध्यक्ष राजु लामा स्याङ्बोले जानकारी दिए । 

‘स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ आयोजना गरिने बेङाडावर गोल्ड कप फुटबल प्रतियोगिताको खेल मिति अबको केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा हरेक उमेर समूहका खेलाडीहरूले सहभागी हुन पाउने छन् ।

बेङ्गाडावर युवा क्लबले युवा खेलाडी उत्पादन तथा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा स्थानीय खेलाडीको प्रतिनिधित्व गर्ने हिसाबले प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष राजु लामा स्याङ्बोले जानकारी गराएका छन् ।

तेस्रो संस्करणको व्यङ्गटावर गोल्डकपको उपाधि जनसेवी युवा क्लब बर्दिबासले जितेको थियो ।

प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख रुपैयाँ नगद र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ११ : १६ बजे