Logo

कर्पोरेट

करिब १९ प्रतिशतले बढ्यो एनएमबीको खुद नाफा



काठमाडौं । एनएमबि बैंकले बुधबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरणमा बैंकले १ अर्ब १४ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ ।

बैंकले तीन महिनामा १ अर्ब बढी करोड नाफा आर्जन गरेको हो । चालु आवको ३ महिनामा  बैंकले गत आवको तुलनामा १८.९३  प्रतिशत नाफा  आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा भने बैंकले ९६ करोड ३२ लाख ९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ रहेको छ भने गत आव सोहि अवधिमा २ अर्ब २३ करोड ४ लाख रुपैयाँ रहेको थियो ।

सोही अवधिमा बैंकको निक्षेप संकलन २ खर्ब ४६ अर्ब ५५ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी २ खर्ब ६ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

चालु आवको ३ महिनामा  बैंकको सञ्चालन नाफा भने १ अर्ब ७४ करोड ८६ लाख ८१ हजार रुपैयाँ कायम भएको छ भने गत आव बैंकको सञ्चालन नाफा १ अर्ब ३८ लाख १९ हजार रहेको छ ।

चालु आवको ३ महिनामा  बैंकको वितरणयोग्य नाफा १ अर्ब ६ करोड ६७ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २४.९५ रुपैयाँ कायम भएको छ।

बैंकको चुक्ता पुँजी १९ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ भने बैंकले जगेडा कोषमा १० अर्ब ८६ करोड ३० लाख रुपैयाँ छ ।

सोही अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ भने १ सय ६४ रुपैयाँ ९५ पैसा रहेको छ छ भने बैंकको खराब कर्जा ३.६३ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १२ : ०३ बजे