Logo

कर्पोरेट

उच्च अंकले घट्यो सेयर बजार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.९९ अंकले घटेर २६३९.८३ बिन्दुमा बजार बन्द भएको छ । सातको दोस्रो कारोबार दिन सेयर बजारमा उच्च अंकको गिरावट आएको हो ।

सोमबार ३ सय १९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४ सय ४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ३ : ३१ बजे