Logo

Breaking News 1

एमाले सचिवालय बैठक साँझ ५ बजे बस्ने, यी हुन् एजेन्डा



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । साँझ ५ बजेका लागि बोलाइएको बैठक पार्टी कार्यालय च्यासलमा बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक छलफल हुने बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन् । बैठकमा यस विषयमा छलफल हुन सक्ने नेताहरू बताउँछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ९ : २९ बजे