Logo

मनोरञ्जन

सांगीतिक प्रस्तुतिका लागि कुर्दिस्तान जाँदै गायक विजय लामा


१८ आश्विन २०८१, शुक्रबार  

69
Shares

काठमाडौँ । गायक बिजय लामा सांगीतिक प्रस्तुतिका लागि कुर्दिस्तान जाने भएका छन् । दशैँ धमाका शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि गायक लामा त्यसतर्फ पहिलो पटक जान लागेका हुन् ।

१८ अक्टोबरमा हुने कार्यक्रमका लागि आँफु त्यसतर्फ जान लागेको गायक लामाले जानकारी दिए । प्रवासी नेपाली एकता समाजको आयोजनामा कुर्दिस्तानमा आयोजना हुन लागेको यो १४ औँ प्रस्तुती हो । कार्यक्रम न्यू रोज हलमा लाइभ हुने आयोजकले जनाएको छ ।

त्यस्तै गायक लामा कुर्दिस्तानको कार्यक्रम सके लगत्तै अमेरिकामा आयोजना हुने फस्ट गोल्डन नेपाली फिल्म अवार्डका लागि अमेरिका जाने छन् । गत वर्ष घोषणा गरिएको ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ आगामी नोभेम्बर १६ अर्थात मंसिर १ गते अमेरिकास्थित सन फ्रान्सिस्कोमा आयोजना हुँदैछ ।

कार्यक्रममा गायक लामाका अलावा अभिनेताद्वय शिव श्रेष्ठ, सुनिल थापा, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला लगायतका कलाकारहरु पनि सहभागी हुनेछन् । पपुलर अवार्डका रुपमा आयोजना हुन लागेको यो कार्यक्रममा विभिन्न १० विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाइएको छ । साथमा केही कलाकारलाई विशेष योगदान सम्मान समेत प्रदान गर्ने आयोजकको तयारी छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ४ : ४४ बजे