Logo

Breaking News 1

नेपाल र बङ्गलादेशबीच औपचारिक रूपमा विद्युत् व्यापार सम्झौत


१७ आश्विन २०८१, बिहिबार  

0
Shares

काठमाडौं । नेपाल र बङ्गलादेशबीच औपचारिक रूपमा विद्युत् व्यापार सम्बन्धि सम्झौता भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा सम्झौता भएको हो ।

नेपाल विद्युत् प्राधिकरण निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो.रेजुल करिम र एनभीभएनकी सीईओ रेनु नारंगलेले त्रिपक्षीय ऊर्जा बिक्री सम्झौतामा हस्ताक्षर गरेपछिसँगै अब नेपाललाई बङ्गलादेशमा विद्युत् निर्यातको बाटो खुलेको हो ।

पछिल्लो सम्झौता अनुसार नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने छ । नेपालले यसअघि नै भारतमा विद्युत् निर्यात गर्दै आए पनि तेस्रो देशमा विद्युत् निर्यात गर्न सहमति हुन भने सकेको थिएन । नेपाल र बंगलादेशबीच विद्युत् खरिद बिक्रीका लागि करिब एक दशकदेखि प्रयास भइरहेको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ७ : ०२ बजे