Logo

धर्म / संस्कृति

राष्ट्रपति पौडेलद्धारा शीतलनिवासमा घटस्थापना


१७ आश्विन २०८१, बिहिबार  

69
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको संकल्पसहित शीतलनिवासमा घटस्थापना गरेका छन् । 

राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी जीवनका लागि पूजासहित जमरा राखेको उनको सचिवालयले जनाएको छ ।

बिहान ९ बजेर १६ मिनेटको शुभ साइतमा नवदुर्गाको प्रतीकका रुपमा कलश स्थापना गरी दियो र गणेशको पूजा गरेर राष्ट्रपति पौडेलले जौँ (यव) छरेको बताइएको छ ।

आज छरिएको जमरा विजयादशीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट ग्रहण गरिने परम्परा छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ११ : १३ बजे