Logo

मुख्य समाचार

विराटनगर विमानस्थलबाट काठमाडौं पठाइँदै गरेको जुत्ताभित्र ब्राउन सुगर


१४ श्रावण २०८३, बिहिबार  

0
Shares

विराटनगर । विराटनगर विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा काठमाडौं पठाउन लागिएको स्पोट्र्स जुत्ताभित्र लुकाइएको ब्राउन सुगर बरामद भएको छ । घटनामा संलग्न आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराती विराटनगर महानगरपालिका–९ महेन्द्रचोकस्थित एक्स्पो एक्सप्रेस कुरियरमार्फत काठमाडौं पठाउन लागिएको कार्गो सामान विमानस्थलको प्रस्थान केन्द्रमा एक्स–रे मेसिनबाट जाँच गर्दा शंकास्पद वस्तु देखिएको थियो ।

त्यसपछि जुत्ता खोलेर जाँच गर्दा जुत्ताको सोलभित्र कालो प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा १८ दशमलव ४८ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त कार्गो विराटनगर–५ निवासी राघव झाको नामबाट काठमाडौं पठाउन लागिएको थियो । सामान कुरियर गर्न आएका विराटनगर महानगरपालिका–५ का २४ वर्षीय सुशान्त खड्कालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ९ : ५२ बजे