Logo

खेलकुद

दुई कम्पनीसँग क्यानको सम्झौता



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)का निम्ति आर्थिक साझेदारका रूपमा ब्रान्ड डिजिटल लोजिक प्रालिसँग सम्झौता गरेको छ । क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आर्थिक साझेदारको अधिकार ब्रान्ड डिजिटललाई सुम्पिएको जनाएको हो ।

यस्तै, क्यानले प्रतियोगिताको ‘इभेन्ट स्ट्राटेजी एन्ड मार्केटिङ कन्सल्ट्यान्ट’का रूपमा ट्वान्टी फर्स्ट सेन्चुरी मिडियासँग सम्झौता गरेको छ ।

दुवै कम्पनीसँग बोलपत्र आह्वानको प्रक्रियामार्फत सम्झौता गरिएको विज्ञप्तिमा उल्लेख छ ।

क्यानको आयोजनामा एनपीएल आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुँदै छ । प्रतियोगिताका निम्ति क्यानले आठ फ्रेन्चाइज टिमको घोषणा समेत गरिसकेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १० : ५३ बजे