Logo

खेलकुद

एसिया रग्वीलाई ईमिरेट्सको साथ



काठमाडौं । नेपालमा आयोजना हुन गईरहेको एसिया रग्वी सेभेन्सलाई ईमिरेट्सले मुख्य प्रायोजन गरेको छ ।

एसियाली रग्वीको सबैभन्दा ठुलो प्रतियोगितालाई ईमिरेट्सले मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको हो । सम्झौतासँगै प्रतियोगिताको नाम एसिया रग्वी ईमिरेट्स सेभेन्स ट्रफी २०२४ हुनेछ ।

एसिया रग्वीको आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनमा एसिया रग्वी ईमिरेट्स सेभेन्स ट्रफी २०२४ काठमाडौंको दशरथ रंगशालामा आयोजना हुदैछ । प्रतियोगिता असोज १८ र १९ गते सञ्चालन हुनेछ । प्रतियोगितामा १७ राष्ट्रको सहभागीता रहनेछ । जसमा पुरुष रग्वी सेभेन्समा १४ र महिला रग्वी सेभेन्समा ८ टिमले सहभागीता जनाउनेछन् । प्रतियोगितामा ४ सय ५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागीता जनाउनेछन् ।

प्रतियोगितालाई सफल बनाउन सदा झै सम्पुर्ण सञ्चारकर्मी साथीहरुको सहयोगको अपेक्षा गरेको छु ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ४ : ०४ बजे