Logo

Breaking News 1

विश्वकप लिग २ : नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै



काठमाडौ । नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत आज क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । खेल ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समय अनुसार राति ८ः ४५ बजेदेखि हुँदै छ ।

पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो भने भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो ।

लिग–२ मा नेपालले अहिलेसम्म ५ खेलमा हार व्यहोरेको छ र अंक तालिकामा सातौं स्थानमा छ। लगातारको हारपछि नेपाल जित्नै पर्ने दबाबमा आज क्यानडासँग भिड्र्दै छ ।

नेपाल र क्यानडाले अहिलेसम्म ४ एकदिवसीय खेल खेलेका छन्। जसमा नेपालले ३ जित हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ । त्यस्तै लिग–२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जित हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले ओमानसँगसमेत पहिलो खेलमा १ विकेटको हार खाएको छ। ओमानसँगको अन्तिम खेल नेपालले मंगलबार खेल्नेछ।
नेपालले ओडीआई सिरिजपछि क्यानडा र ओमानसँग टी–२० सिरिजमासमेत प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ५० बजे