Logo

मनोरञ्जन

सविनको स्वरमा ‘माया’, दिमेशको निर्देशन



काठमाडौं । सविन श्रेष्ठको स्वरमा नयाँ गीत सार्वनिक भएको छ । ‘माया’ बोलको गीत उनले आइतबार युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

सविनको स्वर रहेको गीतमा शब्द तथा संगीत पनि उनी स्वयंको छ । प्रेमिल गीतले प्रेम, समर्पण, कल्पना र वियोग प्रस्तुत गरेको छ । सँगै गीतले एक्लो जिन्दगीको कथा भन्ने प्रयास गरेको छ ।

दुर्घटनामा परेपछि आफूले माया गरेको मान्छेलाई गुमाएपछि एक्लो जीवन र संघर्षशील कथा गीतले भनेको छ । गीतको भिडियो पनि निर्माण गरिएको छ ।

संकल्प भुजेलले खिचेको भिडियो भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । दिमेश श्रेष्ठले निर्देशन गरेको भिडियोमा विकेश श्रेष्ठ र प्रविना वाइबाको अभिनय छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  १२ : ४१ बजे