Logo

मुख्य समाचार

देशको परिस्थिती हाम्रो आँखाले देखेकोजस्तो सामान्य छैनः राजेन्द्र लिङ्देन


१४ भाद्र २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको  परिस्थिती आँखाले देखेकोजस्तो सामान्य नरहेको उल्लेख गरेका छन् ।

शुक्रबार बसेको राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठकलाई उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले देशको अवस्था आँधी आउनु अगाडिको सन्नटा जस्तो भएको बताएका हुन् । 

उनले  भने, ‘अहिले देश हेर्दा सबै ठिकठाकै चलेको जस्तो देखिन्छ । शान्त छ, कुनै  आन्दोलन छैन, नारा जुलुस छैन, समान्य आँखाले हेर्ने हो भने ठिकै चलेको छ जस्तो  देखिन्छ । तर देशको परिस्थिती आँखाले देखेको जस्तो सामान्य अवस्थामा छैन । यो आँधी आउनु अगाडिको सन्नटा जस्तो हो ।’

साथै उनले राप्रपा बलियो बनेर सत्तामा उभिनुपर्ने बताए । यतिबेला राप्रपाले प्रतिपक्ष दायित्व पूरा नगरे देश दिर्घकालीन निराशाको खाडलमा जाने बताए । 

उनले भने, ‘एमाले, कांग्रेस र  माओवादीको वरिपरि देशको सत्ता घुमिरहेको छ । तर यस बीचमा देशको अवस्था के छ ? र सत्ताको कुन प्रकारले दुरुपयोग भयो  भन्ने कुरामा साक्षी छौं । अहिले देश एउटा यस्तो विन्दुमा पुगेको छ की अब पनि राष्ट्रिय प्रजातन्त्र पार्टीजस्तो शक्ति बलियो बनेर नआउने हो  भने र  यसले  आफ्नो  प्रतिपक्ष दायित्व पूरा नगर्ने हो भने जनतालाई एउटा अभिभावकत्व प्रदान नगर्ने हो  भने देश दिर्घकालीन निराशाको खाडलमा जान्छ । र त्यसले जुनसुकै किसिमको अराजकता निम्त्याँउनसक्छ ।’

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  २ : ०२ बजे