Logo

अर्थ

नेप्से २९०० सय अंक माथि



काठमाडौं । सेयर बजार खुलेको एक घण्टामै ९ अर्ब भन्दा बढीको कारोबार भएको छ । इन्डेक्स २९०० विन्दुभन्दा माथि पुगेको छ ।

६१.९३ अंकले बढेको बजार १९२२.७८ विन्दुमा पुगेको छ । हालसम्म ९ अर्ब ७३ करोड भन्दा बढीको सेयर कारोबार भइसकेको छ ।

शुभम् पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतबार मात्र कारोबार र बजार पुँजीकरणमा ऐतिहासिक रेकर्ड कायम गरेको बजारमा सोमबार पनि उछाल देखिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १२ : २९ बजे