काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) यहि पुष ३ गतेदेखी धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
क्यानद्वारा सार्वजनिक तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेला साविक विजेता प्रदेश नम्बर १ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोगमा क्यानले आयोजना गर्ने यस प्रतियोगितामा ७ वटै प्रदेश र विभागीय टोली एपीएफ गरी ८ टोली सहभागी हुनेछन्।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ए मा प्रदेश १, लुम्बिनी, बागमती र कर्णाली छन् भने समूह बी मा नेपाल एपीएफ, सुदूरपश्चिम, गण्डकी र प्रदेश २ छन् ।
टी-२० फर्म्याटमा हुने प्रतियोगिताको शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल पुष ११ गते हुनेछ ।
प्रतिक्रिया