Logo

विश्व

कश्मिरमा प्रहरीमाथि आतंकवादी आक्रमण, दुई प्रहरीको मृत्यु



काठमाडौं । कश्मिरमा प्रहरीमाथि आतंककारीले हमला गर्दा दुई प्रहरीको मृत्यु भएको छ ।  घटनामा १२ प्रहरी घाइते भएका छन् ।

ड्युटी सकेर फर्किरहेको प्रहरीको बसलाई चारैतिरबाट घेरेर आतंकवादीले आक्रमण गरेका थिए ।

श्रीनगरमा प्रहरीलाई हतियार सुबिधा नदिएका कारण उनीहरु जवाफी प्रहार गर्नबाट बन्चित रहेको जनाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख ब्यक्त गर्दै आतंककारीलाई कानुनी दायरामा ल्याउने बताएका छन् । 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ५ : ५६ बजे