Logo

अर्थ

नाफा बुक गर्दै लगानीकर्ता : नेप्से सामान्य अङ्कले बढ्दा १३ अर्ब ९१ करोडको कारोबार



काठमाडौँ । लगातारको वृद्धिसँगै लगानीकर्ताहरु नाफा बुक गर्न लाग्दा सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से सूचक २.१५ अङ्कले बढ्दै २४ सय ८८.०९ विन्दुमा उक्लिएको छ ।

तर, कारोबार भने १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ बराबरको भएको छ । आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ९३ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ भने शिवम् सिमेन्टको ३४ करोड ७८ लाख ९७ हजार रुपैयाँ बराबरको र कुमारी बैंकको २८ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

११५ कम्पनीको सेयर मूल्य बढ्दा आज १२१ कम्पनीको घटेको छ । बाँकी ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

१३ वटा उपसूचकमध्ये आज बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, इन्भेस्टमेन्ट, माइक्रोफाइनान्स र निर्जीवन बिमा समूहको उपसूचक ऋणात्मक भएका छन् भने फाइनान्स, हाइड्रोपावर, जीवन बिमा, म्युचुअल फन्ड, ट्रेडिङ र अन्य समूहको उपसूचक धनात्मक भएका छन् ।

मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दा आज गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९४ प्रतिशतले घट्न पुगेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ३ : ३१ बजे