काठमाडाैं । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावका विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिए ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने संसद् सचिवालयले जनाएको छ ।एमाले संसदीय दलका नेता ओली गएको असार ३० गते कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
प्रतिक्रिया