Logo

खेलकुद

इंग्लीस क्लब लिभरपुलले मिलानविरुद्ध खेल्दै



काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार इंग्लीस क्लब लिभरपुलले एसी मिलानको सामना गर्दैछ । 

समूह ‘बी’ अन्तर्गत लिभरपुल र इटालियन क्लब मिलानबीचको खेल इटालीको ग्यूसेप मिजा स्टेडियममा हुनेछ । 

यस समूहबाट लिभरपुर अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ ।  

समूह ‘बी’ अन्तर्गत नै एफसी पोर्टोले एटलेटिको मड्रिडको सामना गर्नेछ । 

यस समूहमा लिभरपुलले अघिल्ला सबै ५ खेल जित्दै १५ अंक जोडेको छ भने पोर्टोको ५ अंक छ । यता मिलान र मड्रिडको समान ४–४ अंक छ । 

समूह ‘ए’ अन्तर्गत मंगलबार नै म्यान्चेस्टर सिटीले आरबि लेपजिगको सामना गर्नेछ भने पेरिस सेन्ट जर्मेन (पिएसजी)ले क्लब ब्रुगेसविरुद्ध खेल्नेछ । 

यस समूहबाट सिटी र पिएसजी अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।

समूह ‘डी’ अन्तर्गत रियल मड्रिडले इन्टर मिलानको सामना गर्नेछ । 

यसै समूहमा रहेका सेरिफ टिरासपोल र सख्तर डोनेस्कबीचपनि मंगलबार नै खेल हुनेछ । 

यस समूहबाट रियल मड्रिड र इन्टर मिलान अघिल्लो चरणमा प्रवेश गरिसकेका छन् ।

समूह ‘सी’ मा आयाक्सले स्पोर्टिङ तथा बोरुसिया डर्टमन्डले बेसिक्तासको सामना गर्नेछन् ।

यस समूहबाट आयाक्स र स्पोर्टिङ अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १२ : ५४ बजे