Logo

मुख्य समाचार

बाघको आक्रमणबाट दाङमा तीनजना घाइते



काठमाडाैं । दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते भएका छन् । सोमबार बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरूलाई बाघले आक्रमण गरेको हाे ।

बाघको आक्रमणबाट तुलसीपुर–९, वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

केसीका दुवै हातमा सामान्य चोट लागेको छ । सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ९ : ४४ बजे