Logo

Breaking News 1

देशका ३१ स्थानमा भारी वर्षा : नदी तटीय क्षेत्रमा बाढीको जोखिम



काठमाडौं । जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले देशका विभिन्न ३१ स्थानमा भारी वर्षा भइरहेको जनाएको छ । शनिबार रातिदेखि भइरहेको वर्षाका कारण नारायणी, सप्तकोसीलगायत नदीको बहाव बढ्न थालेको विभागले जनाएको छ । त्रिवेणी गण्डक व्यारेजमा आज(शनिबार) बिहान गरिएको मापन अनुसार पानीको बहाव एक लाख २९ हजार क्युसेक पुगेको छ ।

पानीको बहाव बढ्दो क्रममा रहेकोले सर्तकता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ । नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि नदी तटीय क्षेत्र नवलपरासी र चितवनको नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले आज साँझसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको हो ।

यस्तै बागमतीमा पनि बाढीको जल सतह बढेको छ । लमजुङको विमल नगरमा मर्स्याङ्दी नदीमा १० मिटर बढी जल सतह बढेको छ । आज र भोलि बागमती, नारायणी, कालीगण्डकी, मर्स्याङदी, बबई, पश्चिम राप्ती, महाकली, पश्चिम सेती र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान रहेकोले सर्तकता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ४ : ५५ बजे