Logo

Breaking News 1

तिब्बतका पार्टी सचिव र पूर्वअध्यक्ष तिमिल्सिनाबीच ल्हासामा भेटवार्ता



काठमाडौं । राष्ट्रिय सभाका पुर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ स्वायत्त क्षेत्र (तिब्बत) का पार्टी सचिव वाङ चुनचङबीच शनिबार भएको छ । चीनको तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा भाग लिन तिब्बत पुगेका पूर्वअध्यक्ष तिमिल्सिना र तिब्बतका पार्टी सचिव वाङबीच ल्हासामा भएको भेटवार्तामा दुई देशको आपसीहितका सम्बन्धमा महत्वपूर्ण कुरा भएको हो ।

भेटका अवसरमा अध्यक्ष नेपालको बिकासमा चीन सरकारले पु¥याएको सहयोग लागि धन्यवाद दिदै चीनसँग जोडिएका सीमानाका बाह्रै महिना नियमित सञ्चालन गर्न, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासालगायत चीनका विभिन्न शहरबाट सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गरेका छन् ।

यसैगरी नेपालबाट हाइलेज (घाँस), राँगा र कुखुराको मासु र जुनारको तिब्बतमा आयात गर्न पनि आग्रह गरे । कृषि क्षेत्रमा सहकार्य बढाउन नेपाललाई उन्नत जातको नश्ल, बीउ, बिरुवा र प्रबिधि उपलब्ध गराउन आग्रह गरे । सचिव वाङले नेपालको बिकासमा चीन सरकारको निरन्तर निःसर्त सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुका साथै नेपालबाट तिब्बतमा घाँस निर्यातलाई बढावा दिने, सवै सीमा नाकाहरु नियमित सञ्चालन गर्न र पुर्वाधार निर्माण गर्न क्रमशः सहयोग बढाउने विश्वास दिलाए ।

साथै उनले चीनको एक चीन निती प्रति नेपालको समर्थन र नेपालमा चीन बिरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिद्धताको उच्च प्रशंसा गरे । तिब्बतका पार्टी सचिव वाङले पूर्वअध्यक्ष तिमिल्स्निाको सम्मानमा रात्रीभोजको पनि आयोजना गरे ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १२ : ०७ बजे