Logo

Breaking News 1

कांग्रेस संसदीय दलको बैठक बस्दै, यी हुन् एजेन्डा



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

बैठकमा कांग्रेस–एमालेबीच नयाँ सत्ता समीकरणका विषयमा भएको सहमतिबारे सांसदहरूलाई जानकारी गराउने कार्यक्रम छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मत र नयाँ सरकार गठनका विषयमा पनि छलफल हुने जनाइएकाे छ । प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ७ : ५५ बजे