काठमाडौं । बागमती प्रदेश सरकारले ८ वटा मन्त्रालयलाई फुटाएर १४ वटा पु¥याएको छ ।
गठबन्धन दलहरुलाई भागबण्डा मिलाउन मन्त्रालय टुक्राइएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाएको छ ।
यस्तै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएको छ ।
प्रतिक्रिया