Logo

खेलकुद

दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने



काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै दक्षिण अफ्रिकालाई ब्याटिङको निम्तो दिएका हुन् ।

सुपर–८ को सम्भावना कायम राख्न नेपाललाई आज जितको दबाब छ । समूह ‘डी’ मा नेपाल तीन खेलबाट एक अंकसहित नेपाल तालिकाको चौथो स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ ।

दक्षिण अफ्रिकाले सुपर–८ मा स्थान निश्चित गरिसकेको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ५ : १९ बजे