काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा अनुमान भन्दा डेढ करोड बढी खर्च लागेको छ ।
महाधिवेशन दुई दिन लम्बिँदा डेढ करोड खर्च बढेको बताइएको छ । नेकपा एमालेले साढे सात करोडमा महाधिवेशन सक्ने योजना थियो ।
तर, निर्धारितभन्दा दुई दिन महाधिवेशन लम्बिँदा डेढ करोड रुपैयाँ खर्च बढेको हो । एमालेले सहमतिमै नेतृत्व चयन हुने अनुमानअनुसार दुई दिनका लागि महाधिवेशन तय गरेको थियो ।
तर, चुनाव नै हुने भएपछि महाधिवेशन चार दिन लम्बिएको हो । महाधिवेशन आज सक्ने तयारी छ ।
सर्वसम्मत हुन नसकेका पदका लागि निर्वाचन सम्पन्न भइसकेको छ । साँझसम्म मत परिणाम आउने बताइएको छ ।
प्रतिक्रिया