Logo

Breaking News 1

सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ कायम


१८ जेष्ठ २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । नेपाली बजारमा आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेकाे छ । आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजाे छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ११ : २५ बजे