Logo

खेलकुद

विश्वकप क्रिकेटको नेपाली टिकमा एकजना चिकित्सक समावेश


१८ जेष्ठ २०८१, शुक्रबार  

23
Shares

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिममा एक जना चिकित्सक (टिम डक्टर)लाई समावेश गरिएको छ । नेपाली टोली डक्टर विहीन अवस्थामा अमेरिका पुगेको थियो ।

पछिल्लो समय टिम स्क्वाडका विषयमा चौतर्फी आलोचना भएपछि नेपाल क्रिकेट संघ क्यानले अमेरिकामै चिकित्सकको व्यवस्था गरेको हो । नेपालबाट गएका चिकित्सकले प्रेस्किप्सन लेख्न नमिल्ने भएकाले अमेरिकामै व्यवस्था गरिएको टिम म्यानेजर प्रदीप मजगैयाले जानकारी दिए ।

नेपाली टिममा इन्टनरनल मेडिसिनका सिनियर डा. होमनाथ पन्त समावेश गरिएका हुन् । उनी हाल सेन्ट एजनेस हसिप्टल बाल्टीमोरमा कार्यरत रहेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  १० : ३८ बजे